काठमाडौं :अर्थमन्त्री डा। युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् ।कर्मचारी संचय कोषको ५८ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक गतिविधि बढाउन सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह गराएका हुन् ।
मुलुकको आर्थिक गतिविधि बढेको, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि बढेको तथा राजनीतिक स्थायित्व पनि कायम भएकाले सेयर बजारमा लगानी बढाउन अति अनुकूल समय रहेको पनि स्मरण गराए ।
सेयर बजारमा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने अर्थमन्त्री खतिवडाको भनाइ छ । अर्थमन्त्री खतिवडाले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न पनि वित्तिय संस्थाहरुलाई निर्देशन दिए। उनले पूँजी बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

















