च्याम्पियन्स लिगमा मेस्सीको सहभागिता

154

एजेन्सी : युरोपियन फुटबलको ठूलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन मंगलबार राति (आज) सुरु हुँदैछ । सहभागी टोलीले पहिलो चरणको खेल आजदेखि खेल्नेछन् । आजराति विभिन्न समूहका आठ खेल हुनेछन् ।

च्याम्पियन्स लिग खेल्नका लागि बार्सिलोनाका कप्तान लियोनल मेस्सी समेत फिट भएका छन् । मेस्सीले मंगलबार राति जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध खेल्ने बार्सिलोनाले जनाएको छ । बार्सिलोना र डर्टमन्ड समूह ‘एफ’ मा छन् । मेस्सी दुई महिनापछि मैदानमा फर्कन लागेका हुन् ।

खुट्टाको चोटका कारण मेस्सी गत जुलाइदेखि मैदानमा उत्रिएका थिएनन् । उनले पछिल्लो पटक अर्जेन्टिनाका लागि कोपा अमेरिका खेलेका थिए । ला लिगाका खेलहरु गुमाई रहेका मेस्सी डाक्टरको सल्लाहमा खेल्न तयार भएका हुन् । बार्सिलोनाले मेस्सी सँगै अर्का जुनियर स्टार अन्सु फातीलाई पनि उतार्ने तयारी गरेको छ ।

यसैगरी मंगलबार रातिका अन्य खेलमा साविक विजेता लिभरपुलले इटालियन क्लब नापोलीसँग प्रतिस्पर्धा गर्दैछ । प्रिमियर लिगमा राम्रो लय समातेको लिभरपुल च्याम्पियन्स लिगमा पनि सोही लयमा कायम राख्ने दाउमा छ । नापोलीको घरेलु मैदानमा खेलिने यस खेल रोचक हुनेछ । प्रिमियर लिग टोली चेल्सीले स्पेनिस क्लब भ्यालेन्सियासँग खेल्दैछ । अन्य खेलमा ईटालियन क्लब इन्टर मिलानले चेक टोली स्लाभिया प्रागसँग घरेलु मैदानमा भिड्दैछ ।

यसैगरी फ्रान्सेली क्लब लियोनले रसियन क्लब जेन्टसेन्ट पिटरवर्गसँग, अष्ट्रेलियन क्लब आरबी सालज्वर्गले बेल्जियन केआरसी जिन्कसँग, पोर्चुगलको बेन्फिकाले जर्मन क्लब लिपजिगसँग र डच क्लब आयाक्सले फ्रान्सेली क्लब लिलेसँग प्रतिस्पर्धा गर्दैछ । सुरुको खेलले केही हदसम्म च्याम्पियन्स लिगमा टोलीको स्तर मापन गर्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here