भारतमा कोरोना संक्रमितकाे संख्या ५४ लाख नाघ्यो

82

एजेन्सी  –भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ९२ हजार ६ सय ५ जना थपिएसँगै संक्रमितको संख्या ५४ लाख ६ सय २० पुगेको हो।

यस्तै, २४ घण्टामा १ हजार १ सय ३३ जनाको मृत्यु भएको छ। भारतमा हाल १० लाख १० हजार ८ सय २४ सक्रिय संक्रमित छन् भने ४३ लाख ३ हजार ४४ जना निको भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here