एमाले स्थायी कमिटी बैठक आज चार बजे बस्दै

164

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । यसअधि बुधबार सोहि समयकालागि बोलाईएको बैठक स्थगित भएको थियो ।

नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श र छलफल जारी रहेको तथा बैठकको अन्य एजेण्डाबारेमा आन्तरिक गृहकार्य पूरा हुन नसकेपछि आजका लागि बैठक सारिएको स्रोतले जनाएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here