सकृय संक्रमितको संख्या घट्याे

56

काठमाडौ । विगत १० दिनको अवधिमा नेपालका सातओटा प्रदेशमा सकृय संक्रमितको सख्या घटेको छ । सातओटा प्रदेशमा सकृय संक्रमितको सख्या ५० प्रतिशतभन्दा धेरैले घटेको हो ।

मंसिर २ गते प्रदेश नंम्बर १ मा सकृय संक्रमितको सख्या तीन हजार ४८१ जना रहेकोमा मंसिर ११ गते त्यो संख्या घटेर एक हजार ६६२ जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यसअघि नै मंसिर लागेसँगै कोरोना संक्रमणको दर कम हुने बताउनुभएको थियो । १० दिनमा कोरोना संक्रमणको दर हेर्ने हो भने प्रदेश १ मा ५० प्रतिशतभन्दा धेरैले कमी आएको छ । प्रदेश नं १ मा मंसिर २ गते झापामा सकृय संक्रमित ७९५ जना रहेकोमा त्यो घटेर ५६६ जनामा आएको छ । मोरङमा एक हजार २९३ जना सृकय संक्रमितको सख्या घटेर ४३४ मा झरेको छ ।

यो जिल्ला कुनै समय कोरोनाको हटस्टपको रुपमा देखिएको थियो । त्यस्तै ९२३ जना सकृय संक्रमित रहेको सुनसरीमा १० दिनको बिचमा संख्या घटेर ३४० जनामा आएको छ ।गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here