रुसले बनाएकाे खाेप यी देशलाई दिँदै

240

एजेन्सी –  कोरोनाभाइरसको खोप दर्ता गर्ने संसारको पहिलो देश रुस हो । 

रुसले बेलारुसलाई स्पुतनिक भी खोप दिन लागेको छ । रुसी खोप पाउने पहिलो देश बेलारुस हुने भएको छ ।

मस्को टाइम्समा आएको समाचारअनुसार, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकोशेन्कोलाई खोपको पहिलो जत्था पठाउने आश्वासन दिएका छन् । दुवै नेताले फोनमा कुराकानी गरेका छन् ।

बेलारुसमा अहिले लुकाशेन्कोविरुद्ध विरोध प्रदर्शनहरू भइरहेका छन् ।  तर स्वयं खोप लिन चाहनेहरूलाई मात्र खोप दिइनेछ किनकि रुसले खोपको तेस्रो चरणको परीक्षण अझै पनि गरिरहेको छ । तेस्रो चरणअगावै रुसले खोप सफल भएको घोषणा गरेर उत्पादन थालिसकेको थियो ।

कोरोनालाई लुकाशेन्कोले शुरूमा त केही हैन भन्दै खारेज गरेका थिए । उक्त देशमा आधिकारिक रूपमा कोरोनाको ७० हजारभन्दा बढी केस देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here