ओली सरकारका दुई वर्ष जनतालाई हर्ष न विस्मात : डा.भट्टराई

113

काठमाडौं – समाजवादी नेपालका अध्यक्ष बाबुराम भट्टराईले ओली सरकारका दुई वर्ष जनतालाई हर्ष न विस्मात भएको जनाएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले सरकारका दुई वर्ष नेपाली जनताले खेर गएको रुपमा लिएको  जनाएका हुन्।

उनले भने,’सरकारका दुई वर्ष नेपाली जनतालाई ‘कागलाई बेल पाग्यो हर्ष न विस्मात’ जस्तो भएको छ। जनताले खेर गएका वर्षका रुपमा लिएका छन्।’ उनले फागुन ३ गते सम्बोधनका क्रममा प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालको मन्त्रीपरिषद्ले गरेको केही निर्णयलाई उल्लेखनीय प्रशंसा गरेको भन्दै आभार प्रकट गरे। उनले भने,’चाहे उहाँको मनसायमा त्योबारे भ्रम प्रष्ट होस् भन्ने थियो होला। ‘

 बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा कसरी महल ठडियो भन्नेबारे सम्पत्ति छानबिन गर्न माग गरेका हुन्।

‘म लगायत सबैको सम्पत्ति छानबिन गरौं,’ भट्टराईले भने ।  प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमस्थित घर जन्मदिनको दिन देखिएको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीको भन्दा गोरखामा आफ्नो घर राम्रो रहेकोसमेत जनाए ।

‘कसरी हाम्रा महल छन्रु प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा त्योभन्दा राम्रो घर गोरखामा मेरो छ,’ उनले भने, ‘गाउँमा बुकुरो भएका हामी प्रधानमन्त्रीहरू काठमाडौंमा महल बनाउने कसरी पुग्यौं ?’

उनले आफू गणितमा चासो राख्ने र अर्थमन्त्रीसमेत भइसकेको व्यक्ति भएकोले जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन नसक्ने जनाए ।

‘म  गणितमा चासो राख्ने र अर्थमन्त्री पनि भइटोपलेको मान्छे हुँ। लाखप्रयत्न गर्दा पनि हाम्रो दृश्य कमाइले काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन। यसको छानबिन गरौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here