कञ्चनपुरकी निर्मला पन्तको हत्यारा चाँडै पत्ता लाग्ने

141

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी भागरथी भट्टको हत्यारालाई पक्राउ गर्न सफल भएको भन्दै अब कञ्चनपुरकी निर्मला पन्तको हत्यारा चाँडै पत्ता लाग्ने जनाएका छन्। आज शनिबार विराटनगरमा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो जनाएका हुन् । उनले सम्बोधनको क्रममा भने,‘निर्मलाको हत्यारा, त्यो बलात्कारी पनि हाम्रो कानुनको पत्र्जाको नजिक आइसकेको छ। चाँडै सफल हुन्छौं ।’ उनले वर्तमान सरकारले कुनै पनि अपराधीलाई छुट ननिदे पनि स्पष्ट पारे । र, भ्रष्टाचारीलाई पनि छुट नदिने उनको जिकिर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here