एन्फाले विश्वकप छनोट खेल्न बन्द प्रशिक्षणमा खेलाडीको सूची ३१ जनामात्रै

185

काठमाडौं। अखिल नेपाल फुटबल संघ(एन्फा)ले विश्वकप छनोट खेलको तयारीको क्रममा बन्द प्रशिक्षणमा रहेको टोलीको सूची छोट्याएको छ । ३८ जना खेलाडी सम्मिलित गराएर सुरु भएको बन्द प्रशिक्षणका खेलाडीको सूची ३१ पुर्याइएको छ ।
एन्फाका अनुसार प्रशिक्षक बालगोपाल महर्जनले शुक्रबार बन्द प्रशिक्षणका ३१ खेलाडीको सूची सार्वजनिक गर्नुभएको जनाएको हो । अपर्ण कार्की, सेसेहाङ्गदेम्बे, सरोज दाहाल, देवेन्द्र तामाङ्ग, दिलेन लोक्तन, बिकास तामाङ्ग र सुवास गुरुङ्ग टोलीबाट बाहिरिएका छन् ।
गोलरक्षक किरण कुमार लिम्बु र फरवार्ड अभिषेक रिजाल हाल विदेशमा हुनुहुन्छ । देवेन्द्र तामाङग र सुमन अर्याल स्वास्थ्य समस्या देखाएर बिदामा हुनुहुन्छ ।
बिकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की र विशाल सुनार गोलरक्षकका रुपमा बन्द प्रशिक्षणमा यथावत् रहनुहुनेछ । डिफेन्समा रजिन धिमाल, बिराज महर्जन, बिकास खवास, अनन्त तामाङग, छिरिङ गुरुङ्ग, दिनेश राजवंशी, अजित भण्डारी, सूरज विक, रोहित चन्द, निशन खड्का र पल्साङ्ग लामा हुनुहुन्छ ।
मीडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ्ग, सुनिल बल, हेमन्त थापा, एरिक विष्ट, तेज तामाङ्ग, रबि पासवान, त्रिदेव गुरुङ, सञ्जोक राई र अञ्जन विष्ट हुनुहुन्छ ।
फरवार्डमा भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ्ग, आशिष लामा र जर्जन प्रिन्स कार्की हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here