मंगलबार थपिए ८ सय ५५ जना कोरोना संक्रमित

77

काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने मृतक संख्या ७ थपिएकाे जनाईएकाे छ ।  उपत्यकामा २ सय ३२ संक्रमित थपिएका छन ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराएका छन् ।

हाल संस्थागत आइसोलेनमा ८ हजार ५ सय ८१ जना छन् भने आज ३ सय १३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

विगत २४ घण्टायता ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएर हालसम्म ६ लाख २१ हजार ९ नौ सय १ जनाको परीक्षण भएको छ। हाल १० हजार ४ सय ५३ जना क्वारेन्टाइनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here