सुनसरी- इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमा घरको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ।
गएराति धनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
प्रहरीका अनुसार ९ बजे घरको तीन तला माथिबाट लडेर गम्भीर घाइते भएकी शर्मालाई उपचारका लागि सामुदायिक अस्पताल इटहरी लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।


















