जहाँ इशाराले मात्र कुरा गरिन्छ…

214

विश्वमै एउटा यस्तो गाउँ छ, जहाँका मानिसहरु आफ्नो विचार सम्पे्रषण गर्नका लागि केवल इशाराको मात्र प्रयोग गर्छन् । बोल्न सक्ने भएर पनि सांकेतिक भाषा प्रयोग गर्ने त्यस्तो गाउँ इण्डोनेसियाको बेंगकला हो ।

तीन हजार मानिसहरुको बसोबास भएको त्यस विकट गाउँका प्रशासनमा पनि इशाराको नै प्रयोग गरिन्छ । त्यस गाउँका १५ प्रतिशतभन्दा बढी मानिसहरुमा सुन्ने र बोल्नेसम्बन्धी समस्या छ । त्यसकारण पनि त्यहाँ इशारा प्रयोग गर्ने चलन लोकप्रिय भएको हो । पछिल्लो सात पिँढीदेखि उक्त गाउँका मानिसहरु एकआपसमा बोलेकै छैनन् । यहाँका मानिसहरु एकआपसमा सञ्चारका लागि प्रयोग गर्ने सांकेतिक भाषालाई काटा कोलोक भन्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here