छोरीको खुशीका लागि घर बेच्ने बाबु

324

चीनका एक पिता झु चिनसिआयोले आफ्नी छोरीलाई घुमाउन भनेरै आफ्नो घर र कम्पनी बेचेका छन् । उनले छोरीको रहर पूरा गर्न घर र कम्पनी बेचेको जनाएका छन् ।

उनको छोरीको उमेर भने केवल दुई वर्षको मात्र छ । आफ्नो घर र कम्पनी बिक्रीबापत आएको ३ लाख अमेरिकी डलरले आफ्नी छोरीलाई विश्व भ्रमण गराउन लागेका छन् ।

पाँच वर्षसम्म विश्व भ्रमण गर्ने सोच बनाएका उनले अहिले छोरीसंग समय बिताउन चाहेको पनि जानकारी दिए । उनीहरूले चीनको सेन्जेन प्रान्तबाट गत अगस्टमा आफ्नो विश्व भ्रमण सुरु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here