संसारमा प्रायः सबैको जिन्दगी कहाँ सोचे जस्तो हुन्छ र ?

131

दिपेश कुमार शाह

विवाह भनेको सम्पत्ति कमाउने साधन नभएर जीवन जिउने माध्यम बन्नुपर्ने हो तर सबैको हकमा यस्तो हुँदो रहेनछ । केही यस्ता महिला पनि छन् जो समाजमा लाज, घीन सबै पचाएर पैसाका लागि सम्बन्ध जोड्दै, सम्बन्ध तोड्दै हिँड्ने गर्दछन् ।

सम्झँदै घृणा जागेर आउँछ ! छिः कस्ता कस्ता घृणित काम पनि गर्न थाले है आजकलका महिलाले ! एउटा केटासँग विवाह गर्‍यो, महिना नबित्दै सम्बन्धविच्छेद । फेरि अर्काेसँग विवाह गर्‍यो– दुई/चार महिनापछि सम्बन्धविच्छेद र अंश माग्दै मुद्दा । छोरी चेलीले यसैलाई पेशा बनाउँदै हिँड्न थाल्दा परिणाम के निस्केला ? कानुनको यही छिद्रमाथि टेक्दै महिलालाई जे गर्न पनि छुट दिँदै जाने हो भने भोलि कस्तो अवस्था आउला ? भनिन्छ, लोग्ने–स्वास्नीको झगडा परालको आगो । एकताकाको यो चल्तीको उखान अहिले परिमार्जन भइसक्यो, लोग्ने–स्वास्नीको झगडा मूढाको आगो बन्न पुगेको छ । जो बलेपछि हत्तपत्त निभ्दै-निभ्दैन । यो आगो निभाउन अचेल अदालतकै ढोका ढकढक्याउनुपर्ने स्थिति छ । यही बलेको आगो निभाउन मद्दत गर्नु त कता हो कता उल्टै घ्यू थपिदिँदा रहेछन् नजिकका नातेदार र आफन्तले ।

भन्छन् नि पुरुषले चाहे कहिले–कहिले, महिलाले चाहे रत्तिभरमै । हाम्रो कानुनी संरचना झन् उस्तै । पुरुषले लाखौं कोशिस गरे पनि सम्बन्धविच्छेद गर्न नमिल्ने, महिलाले चाहेको खण्डमा एक पलमै मिल्ने । कानुन बनाउनेले महिलालाई माथि पार्न भन्दै यस्तै कानुन बनाइदिएपछि हामी भुइँ मान्छे के नै गर्न सक्छाैँ र ? यही कानुनको कमजोर पाटोमाथि टेकेर महिलाले यसलाई दाम कमाउने गतिलो अवसर बनाउँदै छन् । यही कमजोर कानुनका कारण प्रताडित एक सर्वसाधारण न्यायको खोजीमा भौंतारिएको वर्षाैं भइसकेको छ । अझै न्याय मिलेको छैन ।

नारी अधिकारका ठुल्ठूला भाषण गर्नेहरूको ध्यान एकपटक यता पनि जानु आवश्यक छ, कसरी लुटिन्छन् पुरुषहरू एउटा महिलाबाट ! र, जीवनभर प्रताडित बनेर बाँच्न विवश हुन्छन् मानसिक प्रताडना भोगेर ।

धादिङ जिल्ला गजुरी बस्ने विनितमणि घिमिरेकी छोरी (३०) वर्षीया भुवनेश्वरी घिमिरेसँग ०७४ साल बैशाख २३ गते सामाजिक परम्परा अनुसार बिवाह बन्धनमा बाँधिए । यसरी उनको सिउँदोमा हालिएको एक धर्काे सिन्दूर नै मेरा लागि जीवनभर पीडाको विषय बन्न पुगेको छ । उनको नियत नै खोटो थियो वा मेरो भाग्य ? मैले बारम्बार कर गरेँ, उनी सन्तान जन्माउनै नचाहने । शुरुमा सोचें, श्रीमतीको खुशी नै श्रीमान्को खुशी हो । आफ्नो खुशीलाई दाउमा राखेर उनको खुशीका लागि हर चिज त्याग्दै गएँ र त समयले यस्तो क्षण ल्याइदियो, उनैका खुशीका लागि आफू नांगिएर उनैलाई त्याग्नुपर्ने । आखिर के भर हुँदोरहेछ र त्यो एक धर्काे सिन्दूरको ? विवाह मण्डपमा दुनियाँलाई साक्षी राखेर सिउँदोमा त्यही एक धर सिन्दूर भरिदिँदैमा स्त्री जातिको मन आफ्नो बनाउन सकिँदो रहेनछ ।

सम्बन्धमा तुषारापात तब हुन्छ जब श्रीमतीलाई घरको भन्दा अरूकै बारीमा फलेका फल मीठो लाग्न थाल्छ । आफ्नो श्रीमान्मा खोट र पराइका श्रीमान् महान् देख्न थालिन्छ । श्रीमान्को आँखा छलेर उनी परपुरुषसँग रमाइरहेकी हुन्छिन् । तब स्वर्गजस्तो पवित्र घर मसानघाट बन्छ । त्यसैले त भनिएको, स्त्री कुनै पुरुषसँगै सामीप्यमै रहँदा पनि उनको आँखा अर्काे पुरुषसँग अनि त्यही समयमा मनचाहिँ तेस्रो पुरुषसँग हुन्छ । एउटी स्त्रीले एकैसाथ तीन पुरुषलाई प्रेम गरिरहेकी हुन्छे भित्रभित्रै ।

पत्नीको रूपमा बस्न आफैं अस्वीकार गर्ने र अर्काेतर्फ पत्नीको नाताले अंश माग्दै हिँड्ने कहाँसम्मको न्यायोचित कुरा हो यो ?

विवाहपश्चात् धादिङ छाडेर काठमाडौं भित्रियौं । एक दिन अचानक कोठामा एउटा पत्र भेटियो । त्यसपछाडि छाँगाबाट खसेझैँको अवस्थामा पुगियो । पत्र पढ्दा बुझिन्थ्यो उनको चक्कर परपुरुषसँग छ । विवाह गरेको डेढ वर्ष दिन नबित्दै ०७५ असार २० गते यस्तो पत्र हात परेपछि मर्नु न बौलाउनुको हालतमा पुगेँ । पत्रमा दुई बीच शारीरिक सम्पर्कका कुरासमेत उल्लेख थियो । बुझ्दै जाँदा थाहा भयो उनीहरूबीच ६ वर्षदेखि सम्बन्ध रहँदै रहेछ । समाजमा शिर झुकाउनु नपरेको पुरुषका लागि योभन्दा बढी लज्जाको विषय अरु के हुन सक्छ ?

बिवाह भएको महिना पनि नपुग्दै अपमान गर्ने, हेप्ने र विभिन्न बहाना बनाई मानसिक यातना दिने काम भयो । पत्नीको रूपमा बस्न आफैं अस्वीकार गर्ने र अर्काेतर्फ पत्नीको नाताले अंश माग्दै हिँड्ने कहाँसम्मको न्यायोचित कुरा हो यो ? यही बीचमा अदालत गई सम्बन्धविच्छेद गर्ने सहमतिसमेत भएको थियो । सहमतिबमोजिम जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्नेमा गरिनन्, उल्टै मानसिक यातना मात्रै दिइन् । पछि अंश मुद्दा दायर गरिन् । यी मुद्दा धादिङ जिल्ला अदालत र पुनरावेदन अदालतबाट फैसला भई हाल सर्वाेच्च अदालतमा विचाराधीन छ । विवाहको शुरुदेखि नै सम्पत्ति प्राप्तिका लागि मात्रै विवाह गरेको स्पष्टै हुन्छ ।

यस्ता मानसिक तथा शारीरिक यातानाको हिसाब नगरौँ। के मैले सन्तान प्राप्तिको चाह राख्नु गलत थियो ? तर, बाहिरको चोरेर मीठो खान पल्केकाहरूलाई सन्तानोत्पादनप्रति रहर नहुँदो रहेछ । नाता सम्बन्ध र सामाजिक परिवेशको ख्यालै नगरी सम्पत्ति मात्रै हत्याउने एउटै उद्देश्यले बदनियतपूर्वक विवाह सम्बन्ध राखेको स्पष्टै भयो । हरदिन, हरक्षण पीडा सहेर रहनुभन्दा अलग्गिनु नै उचित मानियो । एउटै ओछ्यानमा सुत्दैमा मात्र लोग्ने–स्वास्नी हुन सकिँदो रहेनछ । जब सिरानी एउटै भए पनि मन कोसै टाढा भइदिन्छ । त्यही कारण अलग हुने बाटो रोज्यौँ ।

उसको व्यवहारमा कुनै परिवर्तन आएन । दिनभर काम गरी थाकेर घर आउँथेँ । घरमा आउँदा मेरालागि खाने कुरा नै हुँदैनथियो । ऊ आफ्नो लागि मात्रै एक्लै पकाउने गर्थी र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here