रोगसँग लड्न सक्ने क्षमता बढाउन शाकाहारी भोजन आवश्यक

235

काठमाडौं । वैज्ञानिकहरुले के पत्ता लगाएका छन् भने शाकाहारी मानिसलाई क्यालोरी बढेको चिन्ता हुँदैन र धेरै वर्क आउट पनि गर्नु पर्दैन। शाकाहारी भोजनले सबै कुरालाई सन्तुलनमा राख्न मद्दत गर्छ। शाकाहारी भोजनमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ। सागसब्जीमा विभिन्न आवश्यक तत्वजस्तै भिटामिन, एन्टी अक्सिडेन्ट, एमिनो एसिड आदि पाइन्छ जसले घातक रोगबाट बचाउन मद्दत गररेकाे हुन्छ ।

शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढी प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ। जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ। त्यसैले शाकाहारी भोजन गर्नुको फाइदा यो पनि हो। शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई हृदय सम्बन्धी रोग हुने सम्भावना कम रहन्छ। किनकि मांसाहारको तुलनामा शाकाहारी भोजनमा बोसो र कोलेस्ट्रोलको मात्रामा कमी हुन्छ जसले हृदय रोग लाग्ने सम्भावना कम रहन्छ।

मासु खान छोड्नुभयो भने तपाईंको रगतमा कोलस्ट्रोलको मात्रा एकाएक कम हुन्छ। शाकाहारी भोजनको सेवनले छिटो खाना पचाउनुका साथै मस्तिष्कलाई सचेत राखी बुद्धिमान बनाउँदछ। शाकाहारी भोजन सेवन गर्ने व्यक्तिलाई कम डिप्रेसन हुने हुन्छ। शाकाहारी भोजन गर्ने व्यक्तिहरुको छालामा बढी डण्डीफोर, कोठी देखिँदैन। यदि तपाईं मासुको साटो फल र तरकारीहरु खानुहुन्छ भने तपाईंको छाला सफा र स्वस्थ हुन्छ।

किड्नीको समस्याबाट बच्न शाकाहारी भोजन लाभदायक छ। एक अध्ययनका अनुसार पिसाबबाट प्रोटिन निक्लिनु, कोशिकाद्धारा रगत छान्नेको गति, किड्नीमा रक्तसञ्चार मासांहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ। शाकाहारी मानिसमा मासांहारी भोजन गर्ने मानिसभन्दा उच्च रक्तचापको सम्भावना एकदम न्यून हुन्छ।

मासु खाने व्यक्तिको तुलनामा मासु नखाने व्यक्तिहरु कम थकान महसुस गर्छन्। शाकाहारी भोजनले केवल वजन कम गर्ने र शरीरका विषाक्त पदार्थलाई नियन्त्रण गरी शरीरलाई हल्का महसुस गराउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here