काठमाडौं – झापामा र्यापिड डाइग्नोस्टिक टेस्ट आरडिटी गर्दा एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिनेमा दुबईबाट घर फर्किएका झापाका एक युवा रहेका छन् । आरडिटी परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
गाँउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनका अनुसार बुधबार गरिएको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको र थप परिक्षणको लागि स्वाब कोशी अस्पताल लगिएको जनाएका छन् । कोरोना पोजेटिभ देखिएका युवासहित उनका ४ परिवारको स्वाब संकलन गरी कोशी अस्पताल लगिएको जनाइएको छ । आरडिटीमा कोरोना देखिएका युवा एक महिना अगाडि दुबईबाट फर्किएका थिए।


















