पत्रकार परिचयपत्र अब जिल्ला जिल्लाबाटै

215

काठमाडौं – पत्रकार परिचयपत्र अब जिल्ला जिल्लाबाटै प्राप्तगर्न सकिने भएको छ ।
नेपाल पत्रकार महासंघले सरकारलाई बिहिबार ध्यानाकर्षणपत्र बुझाउने क्रममाजवाफदिँदै सरकारका प्रवक्ता समेत रहेका संचार तथा प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।
महासंघको ‘साना लगानी मिडिया हक, हित प्रवद्र्धन तथा संरक्षण समिति’का संयोजक गोविन्द प्रसादचौलागाँईको नेतृत्वको टोलीले मन्त्रीपार्वत गुरुङलाई सिंहदरबारमा भेटेर बुझाएको ध्यानाकर्षण पछि जवाफ दिँदै मागपत्रको ३ नम्बर बुँदाको सम्बोधन बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले गरिसकेको बताए ।
हाल राजधानी स्थित सूचना विभागमा मात्र सीमित रहेको पत्रकार परिचयपत्र वितरण गरिने व्यवस्थालाई परिवर्तन गरेर हरेक जिल्ला हुलाक कार्यालय मार्फत पत्रकारले आफ्नो परिचयपत्र पाउने व्यवस्था गर्ने निर्णय सरकारले गरिसकेको जानकारी दिए ।
ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री गुरुङले महासंघ र संचारकर्मीहरुको माग र आवाजप्रति आफू सदैव सुन्ने पक्षमा रहेको बताउँदै श्रमजीवि पत्रकारलाई अनाहकमा निस्कषन गर्ने र तलाब रोक्ने संचार गृहहरुबारे सरकारले नजिकबाट हेरिरहेको बताए ।
कोरोना संक्रमितपत्रकारको उपचार सरकारले गर्ने र स्वास्थ्य सुरक्षाबारे सरकार गम्भीर रहेको बताए ।
स्वास्थ्य महामारीको यो बेला हरेक संचारकर्मीले सरकारलाई सहयोग गर्ने विश्वास सरकारले लिएको समेत उनले बताए । ध्यानाकर्षणपत्रका उल्लेखितबुँदाबारे आफूले सक्दो प्रयास गरेर सम्बोधन गर्नेबारे आजैबाट काम थालिने बताए ।
पत्रबुझाउने टोलीमा वरिष्ठ पत्रकारहरु, सक्रिय संचारकर्मी तथा महासंघका काठमाडौं उपत्यका शाखाका पदाधिकारहरु लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here