धनगढी-कैलाली जिल्लाको चुरे गाउँपालिका ५ पट्रेनीमा साउन १० गतेको पहिरोका कारण थुप्रै घरपरिवारहरु विस्थापित भए । चुरे गाउँपालिका ५ पटेनी र गुँडी गाउँका करिब ४० घर परिवार खानिडाँडा बजार नजिकै भिमदत्त राजमार्ग छेउमा त्रिपालमा बसेका छन् । घर खेत बगाएपछि धेरैको बिचल्ली भएको छ । केही घर पहिरोले बगाइसकेको छ । केही घर उच्च जोखिममा परेपछि स्थानीय तह र जिल्ला प्रशासन कार्यालय कैलालीले सडक छेउमा त्रिपालमुनि राखेको हो । तर दिन बित्दै जाँदा उनीहरुको अवस्था दयनीय बन्दै गएको छ । कतिपयलाई झन छाक टार्नै मुस्किल भएको छ ।
उहाँहरुलाई तत्कालका लागी भिमदत्त राजमार्ग छेउमा त्रिपालमुनी राखियो र पछि अन्यन्त्र सार्ने आश्वासन दिइयो तर पहिरो गएको ३ महिना भन्दा बढीहुदा पनि उहाँहरु यो चाडो मौसममा पनि राजमार्ग किनार त्रिपालमुनी कष्टकर जिवन विताउन बाध्य हुनुभएको छ । बस्ने व्यवस्था अलि अलि भएको भएपनि खानाको व्यवस्था नहुँदा सारै अप्ठेरो भएको पहिरो पिडितहरुको दुखेसो छ ।
गाउँपालिकाबाट भने अहिले सम्म पनि कुनै किसिमको रातह वितरण नभएको पिडितहरुको आरोप छ । सरकारबाट वितरण गरिएका त्रिपालहरुको मर्मतको लागी पनि कुनै पहल चालिएको छैन । खाना इत्यादीको व्यवस्था गर्नका लागी पनि २ घण्टा लामो बाटो हिडेर पट्रेनी जानु पर्ने बाध्यता रहेको छ । दशै अगाडि नै राहत लगाएत व्यवस्थित तरिकाले अन्यन्त्र सार्ने भनेको भएपनि गाउँपालिकाले अहिले कुनै पनि चासो नदेखाएको चुरे गाउँपालिका ५ पट्रेनीका पहिरो पिडित गणेश बहादुर थापाको भनाई छ ।
साउन १० गतेबाट रोडको किनारमा बस्दै आएको र अहिले सम्म त्यस्तो खासै पहल नहुदा बालबालिकाक, बस्तुभाउहरुकोको लालनपालनमा पनि समस्या रहेको पट्रेनी ५ कै धनमती देवी धामीको भनाई छ । लेवरी काम गरेर नै अहिले गुजारा गरिरहेको र वडा तथा गाउँपालिकाबाट राहत सम्म नपाएको उहाँको गुनासो छ ।
त्रिपाल मर्मतको लागी सहयोग गर्ने भनेको भएपनि अहिले सम्म उपलब्ध नगराएको र आफ्नै खर्चमा त्यसको व्यवस्था गरेको अर्का पहिरो पिडीत करण रोकामगरको गुनासो छ । खाना पकाउनको लागी राजमार्ग छेउको दाउरा समेत प्रयोग गर्न नदिईएको उहाँको भनाई छ ।
पहिरो पिडीतहरुको स्थायी बसोवासका व्यवस्था गरिदिन लागी गाउँपालिकाले प्रदेश सरकार र संघिय सरकारमा पत्र पठाएको भएपनि कुनै प्रतिकृया नआएको चुरे गाउँपालिका अध्यक्ष धन बहादुर रोकामगरले बताउनुभयो । दशै अगाडी नै राहत विभित कारणले बाड्न नसकीएको र तिहार अगावै गाउँपालिकाले सक्ने जति राहत वितरण गर्ने उहा बताउनुहुन्छ ।
चुरे गाउँपालिका पहिरो पिडीतहरुलाई गाउँ गाउँमा सिंहदरवार भन्ने नारा एकादेशको कहानी जस्तै भएको छ । सम्बन्धित निकायले उहाँहरुको व्यवस्थापनकालागी पहल गर्ने, स्थायी बसोबासको लागी आश्वासन दिएको ३ महिना बढी हुदा नि अहिले सम्म कुनै प्रकारको सहयोग भने गरेको छैन । सम्बधित निकायले पिडितहरुप्रति अलिकती पनि जिम्बेवारी वहन गर्न नसक्दा २ सय बढी मानिसहरु चिसोमौसमसंगै कष्टकर रुपमा राजमार्ग किनारमा बस्न बाध्य छन् । जित क्षेत्री
ृ


















