हत्या गरेको आरोपमा आमाबहिनी पक्राउ

84

 मोरङ । जिल्लाकाे कटहरी गाउँपालिका–५ घर भएका राजेन्द्र उराउको हत्या गरेको आरोपमा प्रहरीले उनकी आमा र बहिनीलाई पक्राउ गरेको छ । मृतककी आमा ५५ वर्षीया बातियो उराउ र बहिनी ३० वर्षीया रिता उराउलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 शनिबार साँझ घरायसी विवाद हुँदा आमा र बहिनीले बाँसको लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । राजेन्द्रले मादक पदार्थ सेवन गरेको विषयमा विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here