केन्द्रीय सदस्य पद अस्वीकार गरेर काठमाडाैं फर्किए लालबाबु पण्डित

116

चितवन । नेकपा (एमाले)को केन्द्रीय सदस्य पद अस्वीकार गरेका नेता लालबाबु पण्डित मतदान नगरी बाहिरिएका छन्।

पदाधिकारीको आकांक्षी रहेका उनलाई अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै प्रस्ताव गरेको सूचीमा केन्द्रीय सदस्यमा राखेपछि असन्तुष्ट थिए। उनले विहान सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।’

यति लेखेर उनी महाधिवेशन स्थलबाट बाहिरिएका छन्। ‘म काठमाडौं जाँदैछु मेरो जिम्मेवारी सकियो’, पण्डितले थाहाखबरसँग भने, सर्वसम्मत गर्ने भनिएको थियो, तर नभएपछि भोट हाल्दिनँ।’

अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा चुनाव हुने लगभग पक्का छ। उनी अब आफू संगठित सदस्यका रुपमा मात्र रहने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here