पूर्व मिस नेपाल खुश्बु ओलीलाई ३ महिना कैद

206

काठमाडौं / पूर्व मिस नेपाल खुश्बु ओलीलाई काठमाडौं जिल्ला अदालतले चेक अनादारसम्बन्धी मुद्दामा कैद र जरिवाना हुने फैसला गरेको छ । गोपाल बहादुर कटुवालले दायर गरेको मुद्दामा श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाएको काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत टिकासिंह खत्रीले जानकारी दिए। कटुवालले दुईवर्षअघि ओलीलाई ३६ लाख रूपैयाँ सापटी दिएका थिए । उक्त सापटी फिर्ता गर्न ओलीले दिएको कुमारी बैंक न्युरोड शाखाको चेक साट्न जाँदा पैसा नभएको कटूवालको जिकिर थियो । लगातार चेकसाट्न जाँदा पनि पैसा नभएपछि कटुवालले साउन २९ गते अदालतमा मुद्दा दिएका थिए। चेक अनादार गरेको भन्दै खुश्बु ओलीलाई कानुनबमोजिम सजाय हुनुपर्ने उनको दाबी थियो। ओलीले कटुवाललाई ३६ लाख रूपैयाँ पनि तिर्नुपर्ने पनि फैसलामा उल्लेख छ। खुस्बु ओली सन् २०००मा मिस नेपाल भएकी थिइन्। त्यसयता उनी मोडलिङ गर्दै आएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here