मेस्सीलाई पीचीची अवार्ड

285

एजेन्सी / स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जित हात पारेको छ । आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बनेका थिए । उनले यो सिजन मात्रै लिगमा ३६ गोल गरेका थिए । अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै क्लबकाल लागि ५०औं गोल गरेका छन् ।

सर्वाधिक गोलकर्ता बनेर छैटौ पटक पीचीची अवार्ड हात पारेका मस्सीले आफ्नै क्लबका लुइस स्वारेज र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पारेका छन् । मेस्सीले ३६ गोल गर्दा १३ एसिष्ट गरेका छन् । यता, सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका स्वारेजले २१ गोल गरेका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेका रियलका बेन्जिमाले पनि २१ नै गोल गरेका छन् । सेल्टा भिगोका लगो आसपासले २० गोल गर्न सफल भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here