लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका लक्षण र बच्ने उपायहरु

577

काठमाडौं / गर्मी मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने रोग औलो पनि देखा परेका ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो रोग एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा देखिने गर्छ । शुक्रराज सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले संक्रमित लामखुट्टेले टोकेमा एक सातादेखि तीन सातासम्ममा यसको लक्षण देखिने बताए । उनले भने “अहिले अन्य अस्पतालबाट औलोको बिरामी रिफर भएर आउने गरेका छन् ।”

यसका लक्षण

१. एक्कासी कामज्वरो आउने
२. खानामा अरुची हुने
३. जाडो लागेर कम्पन हुने
४. मांशसपेशीहरु दुख्ने
५. वाकवाकी लाग्ने
६. मन्द ज्वरो आइरहने
७. दिन बिराएर ज्वरो आउने
८. कलेजो सुन्निनेलगायतका लक्षणहरु देखापर्छ ।

बच्ने उपाय

१. घरवरिपरि लामखुट्टे बस्ने बासस्थान नष्ट गर्ने ।
२. राति सुत्दा झुलको प्रयोग गर्ने ।
३. लामखुट्टेको टोकाइबाट जोगिने ।
४. लामखुट्टेविरुद्ध प्रयोग गरिने स्प्रे, लिक्विड र म्याट प्रयोग गर्ने
५. एक दिन बिराएर ज्वरो आएमा रगत जाँच गराउने
६. काम ज्वरो, वाकवाकी लागेमा, जाडो लागेर कम्प हुने आदि लक्षण देखिएमा तुरुन्त चिकित्सककोमा उपचार गराउनु पर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here