काठमाडौं / कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा ‘ईश्वरकै छ साथ’ भजन भिडियो सार्वजनिक भएको छ ।
हरेक मान्छेमा रीस, छलकपट, द्वेष जालझेल बाहिर जति भए पनि आखिर भगवानको भक्ती नगर्ने मान्छे यो संसारमा हुन्न भन्ने प्रस्तुत गरिएको छ । दुःख पर्दा, आपत बिपतमा मात्रै नभै कार्य सिद्धीमा अनि सँधैभरी मान्छेहरूले हर्ष, उल्लास, जन्म मृत्यु होस् या कुनै पनि बेलामा भगवान्को भक्ती गर्ने गर्दा मनमा शान्ति मिल्ने यस भजन मार्पmत सन्देश दिएका छन् । भगवान्को भक्ति गर्नु भनेकै पुन्य प्राप्त हुने भएकाले मन्दिरहरूमा भजन बज्ने गर्छ । हाम्रो समाजमा सप्ताहको रूपमा कथा सुनाइने गरिनुका साथै कथा वाचनको बीच बीचमा भजनको मजा र मान्छेहरू भजनमा लिप्त भएपछि भगवान भक्तिमा लिन हुने देखाइएको छ ।
यस भजनमा स्वर महर्जनले दिनुका साथै संगीतकार राम कार्कीको संगीत दिनुका साथै भिडियोको निर्देशक राजु श्रेष्ठको निर्देशनमा कलाकारहरूमा महर्जन, सुपा खनाल, विष्णु गैरे, प्रमोद रैला, शुलभ पाण्डे, ओम किशोर चौधरी, सुर्य कमल राई, रामकृष्ण खड्की, सुरेश असिम, लगायतको फरक अभिनय रहेको छ ।


















