दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ हुने

245

काठमाडौं / तोयाकान नेपाल बादोरियो कराँते डो संघ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ शुक्रबारदेखि सुरू हुने भएको छ।

‘स्वास्थ्यका लागि खेलकु, राष्ट्रका लागि खुलकूद’ भन्ने मूल नाराका साथ समितिले जेठ १० र ११ गते काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ स्थित गोकर्णेश्वर बैङ्क्वेटको हलमा कार्याक्रम आयोजना गरेको समितिले जानकारी दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४०० खेलाडी र ४० अफिसियल सदस्यले सहभागिता जनाउने तोयाकन नेपाल बादोरियो कराँते डो संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अजयभक्त श्रेष्ठले जानकारी दिए।

खेल संस्कृतिको विकास गर्दै खेलकुदको माध्यमबाट नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनुका साथै प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको संघका महासचिव अरुणकुमार कार्कीले खुलासा गरे।

उनले भने, ‘खेलकुदमात्र नभएर सोही प्रतियोगिताको अवसरमा हामीले बृहत् रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छौं। कार्यक्रममा सहभागी भएर इच्छुकलाई रक्तदान गर्नसमेत अनुरोध गर्दछौं।’

उक्त प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, जापानलगायतका देशबाट सहभागी हुने आयोजक कमिटीले जानकारी दिएको छ। प्रतियोगितामा काता र कुमिते गरी ३० खेलको विधामा सहभागीले ३० स्वर्ण, ३० रजत र ६० काश्य पदकका लागि मैदानमा उत्रिनेछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट हुनेले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । किक बक्सिङतर्फ प्रथम पुरस्कारस्वरुप नगद रु १० हजार, द्वितीय पाँच हजार र तृतीय हुनेले रु तीन हजारसमेत प्राप्त गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here