रोजगारी मुलक कार्यक्रममा जोड दिनु पर्ने मुख्यमन्त्रीको तर्क

233

धनुषा / प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले रोजगारी मुलक कार्यक्रममा जोड दिनु पर्ने धारणा राखेका छन् । हिमालयन बैंक लिमिटेडको शाखा विस्तार कार्यक्रममा बोल्दै जनकपुरमा यस्तो धारणा रोखका हुन् ।

राउतले शाखाको उद्घाटन गर्दै बैंकले उत्पादनमूलक क्षेत्र र उद्योगमा लगानी गर्ने वातावरण निर्माण गर्नेतर्फ ध्यान दिनु जरूरी रहेको सुझाव राखे । उनले प्रदेशमा युवाहरूले अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको समस्यालाई दृष्टिगत गरी युवाहरूले विदेशमा कमाएको रकम उत्पादक क्षेत्रमा लगानी गर्न सक्ने समयसापेक्ष सेवा उपलब्ध गराउनुपर्ने खाँचो औंल्याए ।  प्रदेशमा ऋण तिर्न नसक्ने स्थितिमै विदेशबाट लास आउने समस्या जटिल रहेको बारेमा चर्चा गर्दै मुख्यमन्त्री राउतले युवाले स्वदेशमै रोजगार पाउने कार्यक्रमको थालनी गर्नुपर्ने आवश्यकतामा जोड दिए । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यावसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना भएको चर्चा गर्दै बैंकको साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशीलता र सहयोगका लागि आग्रह गरे ।

सो बैकले हालसम्म रु एक खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप सङ्कलन गरी कर्जा सापटका रूपमा उत्पादनशील तथा आधारभूत क्षेत्रमा रु ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको जनाइएको छ । बैंकले चालू आवको नौ महिनामा रु दुई अर्ब ८६ करोड ५४ लाख सञ्चालन मुनाफा आर्जन गरेको जनाइएको छ । हाल सो बैंकको एटिएम सङ्ख्या ११५ र विप्रेषण भुक्तानी काउन्टर १३ हजार पाँच सय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here