ठक्कर दिएर योजनाबद्ध तरिकाले दुर्घटना गराउने पक्राउ

16

काठमाडौं । ललितपुरमा अनौठी किसिमको दुर्घटना भएको खुलेको छ।

५ असोजको राति १२ बजेतिर जावलाखेलस्थित चिडियााखानाको पश्चिमतर्फ रहेको मन्दिर नजिक बा५२प १३९२ नम्बरको स्कुटरलाई अपरिचित स्कुटर चालकले ठक्कर दिए। ठक्कर दिएर योजनाबद्ध तरिकाले दुर्घटना गराइयो।

उक्त स्कुटरमा बाग्लुङ घर भएकी ३७ वर्षीय भीमकुमारी सिर्पाली सवार थिइन्।उनी उठ्न खोज्दै थिइन्, दुईवटा स्कुटरबाट चारजना युवकहरू झरेर उनको गलाबाट सिक्री चुँडाले। अनि, फरार भए।

सिर्पालीको स्कुटरलाई दुर्घटना गराएर लडाइ उनले गलामा लगाएको ११ लाख रुपैयाँ बराबरको सुनको सिक्री त्यो समूहले लुट्यो।

दुर्घटना गराएर आफ्नो सिक्री लुटिएको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिइन्। ठक्कर दिने नम्बर खुलेको भनिएको स्कुटरमाथि अनुसन्धान गर्दा सोमबार प्रहरीले एक जनालाई पक्राउ गर्‍यो।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–७ घर भएर ललितपुरको ठैव बस्ने ३० वर्षीय गंगे बहादुर तामाङ र सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय विनय तामाङ छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीमाथि अनुसन्धान गर्दा अन्य चार जनाको योजनामा यो काम भएको बताएका छन्। बाँकी चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

उनीबाट प्रहरीले ठक्कर दिन प्रयोग भएको बा९३प ३७६७ नम्बरको स्कुटर पनि बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here