लागु औषध कारोबारमा संग्लग्न बृद्धा पक्राउमा

288

काठमाडौं / छिमेकी राष्ट्र भारतबाट लागु औषध नेपालमा कारोबारमा संग्लग्न एक बृद्धालाई प्रहरीले पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्युरोले काठमाडौं १६ बसर्पाकबाट ५० वर्षकी सावित्री श्रेष्ठलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ६ सय ७० एम्पुल डाइजेपाम, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्बुल बरामद गरेको ब्युरोका निमित्त प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए । लागु औषध बेचेको १ लाख ४१ हजार नगद पनि प्रहरीले बरामद गरेको छ। श्रीमानसँग छुट्टिएर बसेकी श्रेष्ठले ७ वर्षदेखि यो काम गर्ने गरेको प्रहरीसमक्ष वयान दिएकी छिन् ।

उनले आफ्ना २ जना छोराहरुलाई समेत लागु औषध खुवाउने गरेको अनुसन्धानबाट पत्ता लागेको एसएसपी लामाले भनेका छन् । छोराहरुलाई दुर्व्यसनीबाट हटाउनुको साटो, आमाले नै त्यही बाटोमा भित्र्याएको एसएसपी लामाले खुलासा गर्नु भयो । घरबाटै २ छोरा र बुहारीको समेत सहयोगमा उनले लागु औषध विक्री गर्ने गरेको प्रहरीले जनाएका छन् । उनले भारतबाट कसरी र उनको नेटवर्कमा को को सम्लग्न छन्, अनुसन्धान भइरहेको छ, लामाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here