द्धन्द्धग्रस्त लिबियाबाट १३ नेपाली स्वदेश फर्किए, ब्युरोले थाल्यो अनुसन्धान

88

काठमाडौं / इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसनको नेतृत्वमा द्धन्द्धग्रस्त लिबियामा फसेकामध्ये १३ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु केही दिनअघि नेपाल फर्किएको जनाइएको छ।

नेपालमा फर्किएसँगै मानव बेचबिखन अपराध ब्युरोले अनुसन्धान सुरु गरेको छ। स्रोतका अनुसार फर्किएका सबै जना ब्युरोको सम्पर्कमा पुगेको र उनीहरु कसरी त्यहाँ पुगे भन्नेबार अनुसन्धान सुरु भएको जनाइएको छ। मानव तस्करको गिरोहले उनीहरुलाई त्यहाँ पुर्‍याएको प्रहरीको निष्कर्श छ।

लिबियासँग नेपालको श्रम सम्झौता छैन। लिबियामा आन्तरिक द्धन्द्ध चर्किएपछि त्यहाँ रहेका नेपालीहरु आर्मी क्याम्पमा पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here