दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा आयोजक कौस्तुभको जित

88

काठमाडौं / आयोजक एवं साविक उपविजेता कौस्तुभ एकेडेमीले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा बिहीबार जित हासिल गरेको छ ।

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको खेलमा कौस्तुभले नेपाल एपीएफ स्कुललाई ३–० गोलले पराजित गरेको छ । विजयी टिमका लागि मिलन खत्री, मिलन श्रेष्ठ र जोसेफ गोलेले १–१ गोल गरेका थिए । अर्को खेलमा डिफेन्डिङ च्याम्पियन कस्मिकले एम्सलाई १–० गोलले हरायो । कस्मिकका विशाल थोकीले निर्णायक गोल गरे ।

प्रतियोगिताको आयोजक कौस्तुभका प्रिन्सिपल किरणप्रकाश न्यौपानेले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । जेठ २५ गतेसम्म चल्ने प्रतियोगितामा ४६ ब्वाइज टिम सहभागी छन् । विजेताले २५ हजार तथा उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here