ऐतिहासिक भीमसेन मन्दिरमा ८० तोलाको चार छत्री चोरी

135

डोटी । दिपायल सिलगढी नगरपालिका–६ मा रहेको ऐतिहासिक भीमसेन मन्दिरबाट चारवटा चाँदीका छत्री चोरी भएको छ । मन्दिरबाट ५० तोलाको एउटा र १० तोला बराबरको तीनवटा गरी ८० तोलाको चार छत्री चोरी भएको हो ।

मन्दिरको ढोका फुटाएर छत्री चोरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो । भक्तजनले चढाएका छत्री चोरी भएको भन्दै मन्दिरका बारेमा थाहा पाएको व्यक्तिले चोरी गरेको हुनसक्ने स्थानीय गोविन्द श्रेष्ठको भनाइ छ ।

फलामको रड प्रयोग गरी मन्दिरको मूल ढोका र मन्दिरसँगैको सभाहलको ताला फोडेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरी निरीक्षक कर्णबहादुर बोहोराले जानकारी दिनुभयो । मन्दिरमा कतिबेला चोरी भयो भन्नेबारे यकिन खबर नभए पनि गएको शनिबार राति चोरी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here