महराको थुनछेक बहस भोलि पनि जारी

222

काठमाडौं / जिल्ला अदालत काठमाडौंमा भएको निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको मुद्दामा थुनछेक बहस हेर्दा हेर्दैमा राखिएको छ ।

आज आइतबार ११ बजेबाट सुरु भएको बहसमा महराका तर्फबाट अधिवक्ता लभप्रसाद मैनाली र भोजराज आचार्यले बहस गरेका थिए ।

महराको मुद्दामाथि वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, अधिवक्ताहरु मुरारी सापकोटा, चन्द्र गुरागाईँ लगायत ३५ जनाले वकालतनामा भरेका छन् ।

वकालत गर्नेहरु धेरै भएकाले आज बहस नसकिएपछि सोमबार बिहान ११ बजे फेरि बहस हुनेगरी मुद्दा हेर्दा हेर्दैमा राखिएको छ।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाडाैंले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा  काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

थुनछेक बहस सकिएपछि महरा छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ । सोमबार ११ बजे फेरि बहस जारी रहने अदालत स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here