त्रिविको उपकुलपतिमा डा.धर्मकान्त बास्कोटा नियुक्त

236

काठमाडौं / देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा.धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा.बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिविको उपकुलपतिका लागि बास्कोटासँगै डा भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिस भएका थिए । डा.कोइराला भने नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् । डा.बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए । डा.बास्कोटाको मेडिकल काउन्सिलको अध्यक्षको पदावधि केही महिना अगाडि मात्रै सकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here