शरद रेग्मी
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ७ मा बिहिवारदेखि क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सुरुभएको छ ।
५ दिने तालिमको एक कार्यक्रमका बिच वडा अध्यक्ष टोपबहादुर केसिले गर्नुभएको थियोे ।
रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको उक्त तालिम समापनमा वडा नंम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसीले वडामा रहेका बालबालिकाको क्षेमता अभिवृद्धि गर्न यस उदघोषण तालिमले महत्वपुर्ण भुमिका खेल्ने जनाउनु भयो ।
उहाँले वडा नम्बर ७ लाई नमुना वडाका रुपमा विकास गर्ने लक्ष्यका साथ काम अघि बढाएको पनि जनाउनुभयो । सात नम्बर वडामा पर्यटकको अथाह सम्भावना रहेको भन्दै सबै मिलेर वडाको बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर ७ का सदस्यहरु रामबहादुर जिसि ,लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
रिपोर्टस क्लव दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को सहयोगमा बिहिबारदेखि ५ दिन सम्म सञ्चालन भएको उक्त तालिममा करिव ५० बढि युवा युवतिहरु सहभागी भएका छन ।


















