राष्ट्रपति सिको अपील: लङमार्चको लागि तयार हुनुस्

190

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी चिनपिङले चिनियाँ जनता, नेता र कार्यकर्तालाई अमेरिकी साम्राज्यवाद विरुद्ध ‘नयाँ लङ मार्च अभियान’को लागि तयार हुन भनेका छन् । उनले भविश्यमा आउन सक्ने कठिन समयको लागि तयार हुन भन्दै त्यसको लागि तयार हुन नागरिकलाई अपील गरेका हुन् ।

समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले अमेरिकासँगको व्यवपार वार्ता असफल भएपछि सो अपील गरेका हुन् । सीले केही दिनअघि दक्षिणी प्रान्त जियांछीको भ्रमणका क्रममा सीले विगतका कठिनाइबाट पाठ सिक्नु पर्ने जनाएका छन् ।
राष्ट्रपति सीले माओले संचालन गरेको लङ मार्चलाई सम्झँदै अहिले फेरि ‘नयाँ लङमार्च अभियान’ सुरु गर्न लागेको भन्दै त्यसको लागि तयार हुन भनेका हुन् ।

“अहिले नयाँ लङमार्चमा हामीले देशभित्र र बाहिरका थुप्रै खतरा र चुनौतीलाई जितेर चिनियाँ विशेषतासहितको नयाँ समाजवादका लागि नयाँ जित हासिल गर्नुपर्छ” सीले भने । उनले अमेरिकाको नाम लिएनन् तर अमेरिका लगायत देशहरुले चीन विरुद्ध गरेको षड्यन्त्रविरुद्ध र आफ्नो लक्ष्यलाई पूरा गर्न ‘नयाँ लङमार्च अभियान’ आवश्यक भएको जनाएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

चीन र अमेरिकाबीचको व्यापार वार्ता असफल भएको छ । वासिङ्टनमा भएको ११ औं चरणको वार्ता निष्कर्षमा नपुगेसँगै अमेरिकाले थप दुईसय अर्ब डलरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार लगाएको थियो । त्यसको बदलामा चीनले पनि अमेरिकाबाट आउने थप ६० अर्ब डलरका सामानमा भन्सार थपको घोषणा गरेको थियो । त्यस्तै अमेरिकाले चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेलाई कालोसूचीमा राखेपछि परिस्थिति झन जटिल बन्दै गएको छ ।

चीन र अमेरिकाबीचको व्यापार युद्ध झन चर्किने अनुमान गरिएको बेला सीले लामो समय असर गर्न सक्ने र त्यसविरुद्ध लड्न लङमार्चको आवश्यक भएको जनाएका छन् । उनले जटिल खाले अवस्थाबारे जागरूक हुनु पर्ने र अनेकौं कठिनाइको सामना गर्न तयार हुनुपर्नेमा पनि जोड दिएका छन् ।

राष्ट्रपति सीको भनाई अनुसार नयाँ लङ मार्चको सुरु भएको बताइएको छ । चिनियाँ सञ्चारमाध्यमबाट अमेरिका विरोधी र राष्ट्रियता झल्काउने सामग्री प्रकाशन प्रसारण गर्न थालेका छन् । अमेरिकासँग झुक्न नहुने विश्लेषण र विचार छापिरहेका छन् भने टेलिभिजन च्यानलहरूले जापानसँग भएको युद्ध, कोरिया युद्धमा अमेरिकासँग भएका घटना लगायतबारे बनेका चलचित्रहरू देखाइरहेका छन् ।

विश्वका दुई ठूला अर्थतन्त्रबीचको यो व्यापार युद्ध अब कसरी जाला भन्ने विश्वव्यापी चासो भइरहेका बेला चिनियाँहरूले भने अमेरिकाविरोधी एउटा गीतलाई भाइरल बनाइरहेका छन् । ब्लुमवर्ग समाचार पत्रका अनुसार ‘व्यापार युद्ध’ बोलको उक्त गीत केही दिनयता चिनियाँ सामाजिक सञ्जाल वि च्याटमा भाइरल भइरहेको छ । यो गीत सन् १९६०को जापान विरोधी चलचित्र ‘टनेल वार’को एक गीतको लयसँग मिल्ने गरी बनाइएको छ ।

उक्त गीतमा व्यापार युद्ध १ व्यापार युद्ध १ उपद्रा चुनौतीसँग नडराऔं १ उपद्रा चुनौतीसँग नडराऔं १ प्रशान्त सागरमा एउटा व्यापार युद्ध जारी छ १ यदि अपराधी हामीसँग लड्न खोज्छ भने हामी उसले सोचेभन्दा नराम्ररी हराउने छौं । उक्त गीत झाओ लियाङटियाङले निर्माण तथा लेखेका हुन् । उनले भने, “चीनले अहिले भोगिरहेको अवस्थामा त्यतिबेलाको याद दिलाउन मैले टनेल वारको लय बनाएको हुँ ।”

तत्कालिन समयमा माओले च्याङ काइसेकको क्वोमिनताङ सरकारविरुद्ध लड्न र जनतालाई जागरुक बनाउन सन् १९३४ अक्टोबरदेखि लालसेना सहितको लङमार्च अभियान सुरु गरेका थिए । माओको नेतृत्वमा भएको यो अभियानले एक वर्षमा करिब ५ हजार माइल लामो हिँडेर यात्रा गरेको थिो । त्यो क्रममा चिनियाँ जनसेना र नेता–कार्यकर्ताहरुले कठिन परिस्थितिको सामना गरेका थिए । राष्ट्रपति सीले ८५ वर्ष पछि सो अभियानलाई सम्झेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here