भ्रष्टाचार गर्ने सेनाका कर्नेल जागिरबाट बर्खास्त

194

काठमाडौं- नेपाली सेनाका लेफ्टीनेन्ट कर्नेल केशवराज कार्कीलाई बर्खास्त गरेको छ । सेनाको समरी सैनिक अदालतले भ्रष्टाचारमा कसुर ठहर भएका कर्नेल एवंम उदयपुरस्थित कालीसिद्धी गणको प्रमुख रहेका प्रमुख सेनानी कार्कीलाई जागिरबाट बर्खास्त गरे हो ।

राष्ट्रपति चुरे संरक्षण आयोजना अन्तर्गतको ५० लाख रकम भ्रष्टाचार गरेको ठहर गर्दै कार्कीलाई शुक्रबार जेल चलान गरिएको नेपाली सेनाको मुख्यलय जंगी अड्डा स्रोतले जनाएको छ ।

कार्कीविरुद्व राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको भन्दै वैशाख २ गते उजुरी परेको थियो ।

अदालतले पेस गरेको निर्णय शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि कार्कीलाई सेवाबाट बर्खास्त गरेर ३ महिना कैद सजाय सुनाइएको हो ।

छानबिनबाट कार्कीले भ्रष्टाचार गरेको देखिएपछि गत वैशाख २३ गते सैनिक समरी जनलर अदालत गठन भएको थियो । जेठ ३ गते सुनुवाई सकिएपछि शुक्रबार फैसला सुनाइएको हो ।

उनलाई हिनामिना गरेको ४९ लाख रकम फिर्ता गराउन आदेश दिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here