काठमाडौँमा विस्फोट ६ जना घाइते

252

काठमाडौँ– काठमाडौँको सुकेधारमा ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो ।

बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा रहेको ग्यास सिलिन्डर विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते ५ जनाको ओम अस्पतालमा र एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यता, प्रहरीले अनामनगरमा पनि ग्यास विस्फोट भएको खबर आएको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here