राष्ट्रिय झण्डा बदल्न र संविधान पुनर्लेखन गर्नुपर्ने माग गर्दै धरानमा नाराबाजी

356

धरान /  राष्ट्रिय झण्डा बदल्नुपर्ने र संविधान पुनर्लेखन हुनुपर्ने माग गर्दै धरानमा नाराबाजी गरिएको छ ।

धरानमा मंगोल नेशनल अर्गनाइजेशन–डा. गोपाल गुरुङ पाटी (एमएनओ–डा. गोपाल गुरुङ) ले ३० औं मंगोल दर्शन स्थापना दिवसको अवसरमा नेपालको राष्ट्रिय झण्डा बदल्नुपर्ने र संविधान पुनर्लेखन गर्नुपर्ने माग गर्दै र्याली निकालेको हो।

मंगलबार धरानमा (एमएनओ–डा. गोपाल गुरुङ) र्याली निकालि बजार परिक्रमा गर्दै नेपालको संविधानलाई षडयन्त्रकारी संविधान भन्दै पुनर्लेखनको माग गरेको छ । त्यस्तै गरी नेपालको राष्ट्रिय झण्डालाई समेत अन्तराष्ट्रिय भन्दै बदलीको माग गरेको छ ।

र्यालीले ‘आदिवासी/जनजाती–ठग जमात हो’, ‘पूर्ण धर्मनिरपेक्षता–लागु गर’, ‘संविधानमा मूलबासी मंगोल लेख’ जस्ता नारा लेखिएको प्लेकार्ड सहित धरान बजार परिक्रमा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here