‘जाग कुलमान’ सुन्नैपर्ने कुलमान घिसिङको समर्थनमा गायक कुलेन्द्रले गाएको यो गीत (भिडियो सहित)

430

काठमाडौं / कुनै समय अन्धकारमा रहेको देशलाई उज्यालोको किरण दिने काम गरेका नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्य कतै आलोचनाको विषय त कतै प्रशंसाको विषय बन्दै आएको छ ।

यसै क्रममा ‘जाग कुलमान’ भन्दै कलाकारले गीत समेत गाएका छन् । कुलमान तिमीले गर्दा उच्च भाको छ देशको स्वाभिमान भन्दै कलाकारहरुले गीत नै सार्वजनिक गरेका छन् । निमा घिसिङ तामाङ्गले रचना गरेको गीतलाई कुलेंद्र विश्वकर्माले आवाज दिएका छन् ।

गीतमा कलाकार संकर बिसी, सबिन पोखरेल, पार्वती राई, दुर्गेस थापा, महेन्द्र गौतम, आशा खड्का, कजिषा श्रेष्ठ, सुरबीर पण्डित, शिवहरी पौडेल, यादव देवकोटा, र बिमल अधिकारीको अभिनय रहेको छ । उक्त गीत प्रियसी म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । पछिल्लो समय लुट्न सके लुट कान्छा गीत गाएर गलत कामको आलोचनात्मक व्यांग गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here