मोदी नेतृत्वको नयाँ सरकारसँग वार्ता गर्न पाकिस्तान तयारः पाकिस्तानी विदेशमन्त्री कुरैशी

237

इस्लामाबाद /  पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले भारतमा मोदी नेतृत्वको नयाँ सरकारसँग शान्ति स्थापनार्थ वार्ता गर्न पाकिस्तान सरकार तयार रहेको जनाएका छन् ।

शनिबार सम्पन्न एक कार्यक्रममा आफ्ना मन्त्रीहरुसँग उक्त कुरा जनाउँदै मन्त्री कुरैशीले पाकिस्तान यस क्षेत्रमा शान्ति स्थापनाका लागि सदैव तयार रहेको र वार्ताको माध्यमबाट मात्रै शान्ति स्थापना हुने कुरामा पाकिस्तान विश्वस्त रहेको जनाएका छन् । उनले अफगानिस्तानमा पनि शान्ति स्थापनाका लागि पाकिस्तानले भूमिका खेलिरहेको जनाए  । उनले भने, पाकिस्तान अफगानिस्तानमा पनि शान्ति चाहन्छ, वार्ताको माध्यमबाट शान्ति स्थापना गर्न सकिन्छ ।’

कुरैशीले किर्गिस्तानमा हालै आयोजित संघाई कर्पोेशन अर्गनाईजेशनमा भाग लिँदा उनले भारतीय समकक्षी सुश्मा स्वराजसँग पनि भेटेको जनाउँदै उनले कार्यक्रमका क्रममा स्वराजसँग अनौपचारिक भेटघाट भएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here