इटहरीमा पत्रकारलाई लोपार्ने मेयरले मागे माफी

306

काठमाडौ- कर्मचारीमाथि कुटपिट र पत्रकारलाई लोपारेर विवादमा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले माफी मागेका छन्। आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै चौधरीले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति माफी मागेका हुन्।

मेयर चौधरीले आफ्नो व्यवहारले पत्रकारमा पुगेको चोटप्रति माफी मागे छन्। लोकतन्त्र र कानुनी राज्यमा प्रेस स्वतन्त्रता, वाक् स्वतन्त्रताको ग्यरेन्टी गरिएको नेपालमा सधैँ त्यसको पक्षमा रहेको दाबी पनि उनले गरेका छन्।

उनले अबका दिनमा हातमा हात मिलाएर अघि बढ्ने बाचा पनि गरेका छन्। आफू धेरै काममा व्यस्त रहेको बेला पत्रकारसँगको कुराकानीका क्रममा भएको विवाद तनावपूर्ण बन्‍न गएको र त्यस्तो गतिविधि गर्ने आफ्नो मनशाय नभएको विज्ञप्तिमा उल्लेख छ ।

इटहरीको विकासका लागि पत्रकार र जनप्रतिनिधि मिल्नुपर्ने उनले जनाएका छन् । साताअघि उनले पत्रकार कृष्ण बहाब भट्टराई र विकल रेग्मीलाई दुर्व्यवहार गरेका थिए । चौधरीले पत्रकार भट्टराईलाई आफूलाई मन नपर्ने प्रश्न सोधेको भन्दै आक्रोशित हुँदै लोपारिदिएका थिए।

कर्मचारी र पत्रकारमाथिको दुर्व्यवहारबारे उपमेयरले माफी मागेकी थिइन् । तर पत्रकारहरू सन्तुष्ट नभएपछि मेयर चौधरीले विज्ञप्ती निकालेर माफी मागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here