जुवातास खेल्ने २० जना प्रहरीको फन्दामा

403

काठमाडौं- काठमाडौं महानगरपालिका-१५ स्वयम्भू विजेश्वरीस्थित राजेन्द्र श्रेष्ठको टहरामा जुवातास खेलिरहेका सानेपा बस्ने अर्घाखाँची शितगंगा नगरपालिका-४ घर भएका ४६ वर्षीय आनन्द पौडेल लगायत १० जनालाई नगद ४० हजार २ सय ४५ रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी सोही महानगरपालिका धिमिलोस्थित राजभाई कर्मचार्यको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने धादिङ सुनौला बजारका ४२ वर्षीय रुद्र श्रेष्ठ लगायत १० जनालाई नगद २७ हजार ८ सय १० रुपैयाँ र ३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here