आजबाट प्रिमियर लिग इंग्लिस सुरु

104

एजेन्सी  इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ। पहिलो दिन शनिबार प्रिमियर लिगका चार खेल हुँदैछन्।

डिफेन्डिङ च्याम्पियन लिभरपुलले नवप्रवेशी क्लब लिड्ससँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, आर्सनल र फुलहाम, क्रिस्टल प्यालेस र साउथह्याम्पटन तथा वेष्टहाम र न्युक्यास्टलबीच प्रतिस्पर्धा हुँदैछ। लिभरपुल आफ्नो मैदान एनफिल्डमा लिड्सलाई पराजित गर्दै नयाँ सिजनको सुरुवात गर्ने लक्ष्यमा छ। यता, लिड्स पनि डिफेन्डिङ च्याम्पियन क्लबलाई रोक्न तयार छ।

कोरोना भाइरस (कोभिड–१९) ले गएको सिजन प्रभावित भएपछि ढिलो गरी सम्पन्न भएको थियो। छोटो समयमै नयाँ सिजन सुरु भएको प्रिमियर लिगमा फुलहामलाई उसैको घरेलु मैदानमा पराजित गर्दै आर्सनल सुखद सुरुवात गर्ने दाउमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here