पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

70

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १७ पुगेको छ।

मंगलबार ७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार १४४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर १ हजार ७२९ पीसीआर तथा २ हजार १०० एन्टिजेन परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here