घट्याे सुनचाँदीको मूल्य

56

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

सोमबार भने छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो । यसै गरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । हिजो तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here