इटालियन सिरी ‘ए’ लिग च्याम्पियन युभेन्टसको हार

106

एजेन्सी / इटालियन सिरी ‘ए’ लिग च्याम्पियन युभेन्टस अन्तिम खेलमा हार भएको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा युभेन्टस साम्पडोरियासँग २–० गोलले पराजित भएको हो । स्टार स्ट्राइक क्रिपिटयानो रोनाल्डोलाई विश्राम दिइएको खेलमा युभेन्टसले दबाब झेलेको थियो ।

साम्पडोरियाले २ गोल खेलको अन्तिम समयमा गरेको थियो । साम्पडोरियाका ग्रिगोरी डिफ्रेलले ८४ औं र जियानलुका क्यापरारीले इन्जुरी समयमा गोल गरेका थिए । च्याम्पियन युभेन्टसले अन्तिम खेलको हारसँगै ३८ खेलबाट ९० अंक मात्र भयो । ५३ अंक बटुलेको साम्पडोरिया नवौं स्थानमा रह्यो ।

त्यसैगरी आइतबार रातिनै भएको अर्को खेलमा महत्वपूर्ण जित हात पार्दै एटलान्टा च्याम्पियन्स लिगमा छनोट भएको छ । ससैलोलाई ३–१ गेलले पराजित गर्दै एटलान्टा च्याम्पियन्स लिगमा छनोट भएको हो । दोस्रो स्थानमा रहेको नापोली ७९ अंक जोड्दै च्याम्पियन्स लिगमा यसअघिनै छनोट भईसकेको थियो । तेस्रो स्थानमा रहेको एटलान्टाले ३८ खेलबाट ६९ अंक बनायो । समान अंक बनाएको इन्टर मिलानले गोल अन्तरका आधारमा चौथो स्थानमा रहँदै च्याम्पियन्स लिग यात्रा तय गर्यो । तालिकाको अन्तिममा रहेका तीन टोली इम्पोली, फ्रोसिनोन र चिएभो रेलिगेसनमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here