काठमाडाैं । नेवाः विद्यार्थीहरूकाे साझा संगठन नेवाः विद्यार्थी युनियनकाे विशेष सकृयतामा काठमाडाैं प्रदर्शनी मार्ग रहेकाे रत्न राज्यलक्ष्मी क्याम्पसय् एम.ए. तहमा नेपाल भाषा समावेश गराउन सफल भएकाे छ ।
यस एैतिहासिक कार्यका निम्ति काठमाडाैं र रत्न राज्यलक्ष्मी क्याम्पसबीचमा सहकार्य भएपछि यसै बर्षदेखि शैक्षिक वर्ष २०७८-७९ देखि स्नातकोत्तर तहया प्रथम सेमेस्टरकाे भर्ना खुलेकाे हाे ।
नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन मर्हजन र सचिव प्रशान्त डंगोलका अनुसार यस अभियानमा लामोसमयकाे संघर्ष पश्चात अभियान सफल भएकाले नेपाल भाषा अध्ययन गर्न चाहने सम्पूर्ण विध्यार्थीहरूलाइ आवेदन फारम भर्न अनुराेध गरेका छन् ।
रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाल भाषा शिक्षक प्रा.डा. चन्द्रमान बज्राचार्यले नेपाल भाषा विद्यार्थीहरूका लागि आफूले सक्दाे सहयाेग गर्न आफू तयार रहेकाले विध्यार्थी संख्या बढाउन नेवार समुदायलाई विशेष अनुराेध गरेका छन् ।
आवेदन फाराम अन्तिम मितिः २०७८ साल कार्तिक २२ गतेसम्म आवेदन फाराम भर्न मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयकाे Website: www.tufohss.edu.np स https://entrance.tufohss.edu.np/ मा गएर अनलाइन आवेदन फाराम भर्न सकिने छ ।

















