काठमाडौं / जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न भएको छ। जिनियस म्युजिक कम्पनीद्वारा आयोजित अवार्ड समारोहमा ४८ विधामा संगीतकर्मी पुरस्कृत भएका छन् । कार्यक्रममा ‘जननी जन्मभूमीु बोलको गीतबाट गायक रमेश दाहाल सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड पाए भने यही विधामा राष्ट्रप्रेम गीतबाट विशाल पौडेलले जुरी अवार्ड पाएका छन् । चलचित्रको विधातर्फ गायक सुगम पोखरेलले चलचित्र क्याप्टेनको ‘रहर छ सँगै’ गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड जितेको छ । सोही गीतबा अञ्जु पन्त सर्वोत्कृष्ट गायिका ठहरिइन् ।
सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड ‘दाल भात तरकारी’ को ‘भिजिट भिसामा’ गीतबाट शम्भूजीत बास्कोटाले पाएका हुन् । त्यस्तै सर्वोत्कृष्ट गीतकारको अवार्ड चलचित्र प्रसादको ‘वनकी चरी’ गीतका लागि बि.पाण्डेले पाए छ । चलचित्र ‘चौका दाउ’ को ‘राधा पियारी’ गीतका लागि गीतकार दयाराम पाण्डेले जुरी अवार्ड प्राप्त गरेको छ । उदयराज पौडेलले चलचित्र ए मेरो हजुर–३ को ‘जिन्दगी नै भन्दिनु बोलको गीतका लागि सर्वोत्कृष्ट संगीत संयोजक घोषित भएको छ ।
यसरी पप, आधुनिक, लोक दोहोरी, तामाङ सेलो, मौलिक तीज गीत लगायत विधाका लागि सर्वोत्कृष्ट गायक, गायिका, गीतकार, संगीतकार, संयोजक, सम्पादक घोषणा भएका थिए । आयोजकले वर्ष २०७५ मा सार्वजनिक भएका विभिन्न विधाका संगीतकर्मीहरुलाई पुरस्कृत गरेको हो।
त्यसैगरी म्युजिक भिडियोका लागि सर्वोत्कृष्ट निर्देशक, महिला तथा पुरुष मोडलको अवार्ड समेत वितरण गरियो । आयोजकले एसियन म्युजिकलाई सर्वोत्कृष्ट म्युजिक कम्पनीको अवार्ड दियो । ‘सालको पात टपरी’ गीतले पब्लिक च्वाइस अवार्ड जित्यो । त्यस्तै नेपाली गीत–संगीतको क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याएको भन्दै संगीतकर्मी ईश्वर अमात्यलाई नगद २५ हजार राशीसहित जिनियस दीर्घ साधना सम्मानसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको विज्ञप्तीमा जनाइएको छ।















