नेपाल टेलिकमको गणतन्त्र दिवस २०७६ को अवसरमा नयाँ अफर

240

काठमाडौं / नेपाल टेलिकमले गणतन्त्र दिवस २०७६ को अवसरमा ‘रिपब्लिक डे अफर २०७६’ ल्याएको छ।

यस अफर अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने भएको छ। यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ। सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । सो अफर जेठ १४ देखि जेठ १६ गतेसम्म खरिद गर्न सकिने छ ।

कम्पनीका अनुसार छुट प्राप्त गर्न ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट  www.ntc.net.np  मार्फत यस सम्बन्धी विस्तृत जानकारी हासिल गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here