पर्वत अस्पतालमा जनशक्ति अभावले उपचारमा समस्या

127

काठमाडौं / पर्वत जिल्ला अस्पतालमा जटिल सुत्केरी, एपेन्डीसाइटिस, हाइड्रोसिललगायत सामान्य शल्यक्रिया सेवा शुरु भएको दुई वर्ष वितिसक्यो । उच्च प्रविधिको डिजिटल एक्सरे सेवा शुरु भएको अस्पताल विकास समितिको दाबी छ। समिति भन्छ, ‘थाइराइड परीक्षण, रगतको जाँच चौबीसैँ घण्टा इमर्जेन्सी सेवा विस्तार गरेका छौँ।’

१५ श्यया क्षमताको अस्पतालमा यस्ता सेवा शुरु हुनुलाई असाधारण सेवा प्रदान गरिएको समितिको भनाइ हो तर, यी सेवा अस्पताल आउने बिरामीका लागि सहज छैन। २०४६ सालमा १५ श्यया क्षमताको स्वीकृति पाएर सञ्चालनमा आएको अस्पतालमा हाल ३५ श्ययासम्मको सुविधा दिइएको अस्पताल सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी
दिए ।

श्ययाको क्षमता बढाएपछि सोहीअनुरुप बिरामीको चाप बढे पनि जनशक्ति नबढ्दा सेवा सहज नभएको उनले भने ।
‘एउटा सेवा दिन कम्तीमा एकै प्रकारका तीन जना जनशक्ति आवश्यक हुन्छु, उनले भने, ‘हामीले हरेक सेवा एक–एक जनाको भरमा चलाइरहेका छौँ । सेवा शुरु गरियो भनेर प्रचार गरे पनि आंशिक मात्रै छ।’

अस्पतालका अनुसार इमर्जेन्सी सेवा पनि सहज छैन। ‘इमर्जेन्सीमा मात्रै हामीलाई कम्तीमा १० जना प्यारामेडिक्स कर्मचारी आवश्यक छु, अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट सन्तोषी थपलियाले भनिन्, ‘अहिले एक जनाले मात्रै काम चलाइएको छ। अरु कर्मचारी मागे पनि पाइएको छैन।’ बहिरङ्ग, ल्याब, एक्सरेलगायतसबैतिर उस्तै समस्या भएको उनले जानकारी दिए ।

ल्याब, एक्सरे, एम्बुलेन्स, इमर्जेन्सीलगायतका सबैतिर समस्या देखिएको अस्पतालले जनाएको छ। थपलियाका अनुसार बिरामीले चौबीसैँ घण्टा सहज सेवा पाउने गरी सञ्चालन गर्न एउटा सेवाका लागि कम्तीमा चार कर्मचारी आवश्यक पर्छ।

शल्यक्रिया सेवा सञ्चालन गर्न विशेषज्ञ डाक्टरका साथमा एक जना एनेस्थेसिया ९बेहोस बनाउने० आवश्यक हुन्छ तर, एनेस्थेसियाको अभावमा करीब एक वर्षसम्म एक्सरे सेवा अवरुद्ध भएको थियो। एनेस्थेसिया कर्मचारीको नियुक्ति भएको केही समयमै शल्यक्रियाका दक्ष डाक्टरको सरुवा भएपछि केही समय शल्यक्रिया रोकिएको थियो।

अस्पतालमै सञ्चालित सस्तो औषधि वितरण हुँदै आएको फार्मेसी केही महीनादेखि बन्द छ। बिरामीलाई बाहिरी क्लिनिकको तुलनामा बढीमा १० प्रतिशतसम्म छुटमा औषधि बिक्री हुँदै आएको अस्पताल फार्मेसी व्यवस्थापन र त्यहाँ कार्यरत कर्मचारीबीचको विवादले बन्द भएको हो। अस्पतालले भने त्यसलाई प्राविधिक समस्या भएको जानकारी दिए ।

इमर्जेन्सी सिकारु र प्रयोगात्मक अभ्यास गर्ने विद्यार्थीका भरमा चलेको छ। अस्पताल आउने बिरामी सिकारुका कारण रोग निको हुनुको सट्टा झनै बिरामी भएर फर्किनुपर्ने अवस्था रहेको सेवाग्राहीले गुनासो गरेका छन। ‘सबै जिम्मा सिकारुलाई छोड्नु अस्पतालको लापर्वाही हो’, पत्रकार गणेश पौडेलले भने, ुउनीहरूसँग बिरामीलाई सुई कहाँ लगाउने, रगत कसरी निकाल्ने भन्ने कुराको समेत ज्ञान छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here